काठमाडौँ । मकवानपुरको कान्तिलोकपथ सडकखण्डमा लगातार पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ। बकैया गाउँपालिका–१२ ठिंगनमा सोमबार राति करिब १२ः३० बजे ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
प्रहरीको निगरानीमा मंगलबार बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरी ६ः३५ बजे सडक सञ्चालनमा ल्याइए पनि त्यसको केहीबेरमै बिहान ६ः४५ बजे भिमफेदी गाउँपालिका–८ भर्याङडाँडामा ठूलो पहिरो खसेपछि कान्तिलोकपथ पुनः पूर्ण रूपमा बन्द भएको हो।
प्रहरीका अनुसार घटनास्थलमा सिमसिम वर्षा जारी रहेकाले पहिरो हटाउने काम प्रभावित भएको छ। ठूलो पहिरोका कारण सडक तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको जनाइएको छ।