काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँ घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार २८५ रुपैयाँमा कायम भएको छ। सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।