Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

स्वीडेनलाई हराउँदै फ्रान्सले सुनिश्चित गर्‍यो अन्तिम १६ मा भिडन्त

स्वीडेनलाई हराउँदै फ्रान्सले सुनिश्चित गर्‍यो अन्तिम १६ मा भिडन्त

काठमाडौं । फ्रान्स विश्वकपको प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । स्वीडेेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुगेको हो ।

फ्रान्सले स्वीडेनलाई ३-0 ले पराजित गर्‍यो। फ्रान्सको जितमा क्लेयिन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ४५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल उनले ७५ औँ मिनेटमा गरे । त्यसअघि ब्राड्ली बाराकोलाले गोल गरेका थिए ।

एम्बाप्पेले विश्वकपमा गोल संख्या १८ पुर्‍याएका छन् । । जारी विश्वकपमा उनले ६ गोल गरेका छन् ।

फ्रान्सले आगामी यात्राका लागि पाराग्वेसँग खेल्नेछ । चारपटकको विश्वविजेता जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको थियो ।