Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्दै आज २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुन २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा कारोबार भएको छ, जबकि मंगलबार यसको मूल्य ४ हजार २८५ रुपैयाँ थियो।

बजारमा लगातार देखिएको उतार–चढावबीच आज दुवै धातुको मूल्यमा सामान्य गिरावट देखिएको हो।