Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नागढुंगा–मुग्लिङ सडक विस्तारले समात्यो गति, २७ किलोमिटर निर्माण सम्पन्न

नागढुंगा–मुग्लिङ सडक विस्तारले समात्यो गति, २७ किलोमिटर निर्माण सम्पन्न

काठमाडौं । नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत नौबिसे–मलेखु सडक निर्माणले उल्लेख्य गति लिएको छ। ४३ किलोमिटर लामो यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलानसहित कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ।

योजना प्रमुख केशव ओझाका अनुसार आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षमा ७५ प्रतिशत प्रगति गर्ने लक्ष्य रहे पनि अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभावका कारण काम प्रभावित भएको उनले बताए।

नागढुंगा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ भने मौसम अनुकूल भए वर्षा अघि थप काम सक्ने तयारी छ। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेका अनुसार आगामी केही दिनमै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

हाल दैनिक ४ सयदेखि ५ सय मिटरसम्म कालोपत्रे भइरहेको आयोजनाले जनाएको छ। वर्षातअघि पुराना पिच हटाइएका सडक पुनः कालोपत्रे गरी सवारी आवागमन सहज बनाउने कामलाई पनि प्राथमिकता दिइएको छ।