Jul 26 2026 | २०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

काठमाडौँमा ‘सत्यसँग युवा महाअभियान’ सुरु गर्दै लेखक शर्मा, युवालाई साथ दिन आग्रह

काठमाडौँमा ‘सत्यसँग युवा महाअभियान’ सुरु गर्दै लेखक शर्मा, युवालाई साथ दिन आग्रह

काठमाडौं । सुदूरपश्चिमका स्वतन्त्र युवा लेखक दीपकराज शर्मा ‘सत्यसँग युवा महाअभियान’ लिएर काठमाडौं आएका छन्। युवामा बढ्दो भ्रम र निष्क्रियता चिर्न तथा सचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरेको उनले बताएका छन्।

शर्माले जेनजी आन्दोलनअघि आफ्नो चौथो कृतिका रूपमा ‘नेताहरूबाट सावधान’ नामक मनोवाद प्रकाशित गरेका थिए। उनका विभिन्न लेख तथा दुई वटा र्‍याप गीतमार्फत पनि सामाजिक सचेतना फैलाउने प्रयास गर्दै आएका छन्।

देशमा प्रतिपक्ष कमजोर रहेको अवस्थामा नागरिक, विशेषगरी युवाले सचेत भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ। उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवालाई आफ्नो ‘Dipak’ नामक फेसबुक पेजमार्फत अभियानमा जोडिन आग्रह गरेका छन्।

आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै शर्माले अभियानलाई निरन्तरता दिन आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि पनि अपिल गरेका छन्।