Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्म स्वीकृत दाबीबापत २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्म स्वीकृत दाबीबापत २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

बोर्डका अनुसार अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत भएका दाबीहरूको रकम सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको हो। यसअघि असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त तथा स्वीकृत दाबीको भुक्तानी सम्पन्न गरिएको थियो।

पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनामा स्वीकृत भएका दाबीबापतको २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको छ।

यससँगै चालु आर्थिक वर्षको पुस महिनासम्म स्वीकृत सबै स्वास्थ्य बीमा दाबीको भुक्तानी प्रक्रिया पूरा भएको बोर्डले जनाएको छ।