शिक्षासेवीकृष्ण के बोहोरा फेरी अर्को म्युजिक भिडियो मार्फत देखा परेका छन् लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय बोहाराले कस्तो नसालु हेराई बोलको गितमा देखा परेका छन् । यो उनको चौथो भिडियो हो । केहि दिन अघि सार्वजनिक भएको गितले दर्शक श्रोताको राम्रो साथ पाइरहेको छ ।
चर्चित गायक रुपक डोटेलको आवाजमा सजिएको गितमा अन्जु चौलागाइ सँग कृण्ण बोहोराको अभिनय देख्न सकिन्छ । सामान्य विषयवस्तुलाई कलात्मक ढंगले म्युजिक भिडियोमा उनेर प्रस्तुत गरिएको छ । अभिनयमा देख्न सकिन्छ अन्जुको नसालु हेराइले बोहोरा भुतुक्कै भएका छन् ।
ओएसआर डिजिटल मिडियाले सार्वजनिक गरेको गितमा रुपक डोटेलको स्वर रहेको छ मनोज चौलागाईंको संगित र बिबि थापाको शब्द रहेको छ । कस्तो नसालु हेराईले रिलिजको थोरै समयमा राम्रो भ्युज बटुलीरहेको छ । फरक भुमिका देखिएका कलाकार कृष्ण बोहोराले आफ्नो मुख्य पेशा शिक्षा क्षेत्र भएपनि कलाकारीता र अभिनयमा आफ्नो सानै देखिको रुचि रहेकाले यस क्षेत्रलाई निरन्तरता दिएको बताए ।
आफ्नो प्रयासलाई छोटो समयमै राम्रो माया पाइरहेको बताउँदै उनले आगामी दिनमा पनि अभिनयलाई जारी राख्ने बताए । छिट्टै नै अर्को म्युजिक भिडियो साथ आउन लागेको जानकारी दिँदै उनले म्युजिक भिडियोको नाम भने अहिले सेक्रेट राखेका छन् ।