संचारकर्मी तथा गाएक दिपु मगर र रेनु मगरको तिज गीत भुरुङ झै गुरूङ सार्वजनिक भएको छ । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा उनले नयाँ गित सार्वजनिक गरेका हुन् ।
पोहोर साल छुकछुके रेलले चर्चा कमाएको थियो । रेनु राना मगर र दिपु मगरको स्वरमा रहेको उक्त गितमा लय खेम सेन्चुरीको रहेको छ भने चर्चित गायक तथा मोडल राम्जी खाड, दिपु मगर, रेनु राना मगर, सृजना जिसी’ ले अभिनय गरेका छन् । यस्तै गितलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन । मनोज कार्किले सम्पादन गरेको गितमा करण चैसिरले छायांकन गरेका छन ।