Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गलबन्दी गीतकी अन्जली अधिकारीले खेलेको राम कुमार कार्कीको गीत छोटो समयमै १० लाखले हेरे

गलबन्दी गीतकी अन्जली अधिकारीले खेलेको राम कुमार कार्कीको गीत छोटो समयमै १० लाखले हेरे

नेपाली लोक दोहोरी गीतहरु यो समय युटुबमा करोड जाने होडबाजी चल्दै गर्दा लाखौ दर्शकको माया पाउने गीतहरु अनि लाइनमा छन।सोहि लाइन मा परेको राम कुमार कार्कीको लोकदोहोरी गीत कोहिली चरी दश लाख दर्शकले हेरेका छन।छोटो समयमै उक्त गीत दश लाख दर्शकले हेरेका हुन। विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल गायक रामकुमार कार्कीको पछिल्लो सिर्जना बजारमा आएको छ । राम कुमार कार्कीले उक्त गीतलाई आफ्नै युट्युव च्यानलबाट ‘कोईली चरी’ बोलको गीत रिलिज गरिएको थिए।

रामकुमार कार्की युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् ।डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । उनले भने, ‘पछिल्लो समय सापेक्ष गीत लिएर आएको छु । भिडियोमा निकै मिहेनत गरेका छौ ।’ सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।