काठमाडौं ।लोकप्रिय सर्जक नवराज पन्तको अर्को सृजना पनि नेपाली लोक दोहोरी क्षेत्रमा रुचाइन थालेको छ।दर्शकले धेरै माया गरेको सालको पात पछि आएको उक्त सृजना पनि दर्शकको पहिलो रोजाई भएको छ। गायक सन्जु न्यौपाने र रविन लामिछाने स्वरमा रहेको गीत‘चादी काहा होला’टिकटकमा सर्वाधिक चर्चा कमाएको गित सार्वजनिक भएको छ । नबराज पन्तको शब्द र प्रकाश पराजुलीको सङ्गीत,कृष्ण बिक”भान्जा”को एरेञ्ज र कुमार राना मगरको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेश थापा,निसा न्यौपाने,ओबी रायमाझी र जुनु गुरुङको अभिनय रहेको म्युजिक भिडियोलाई कारन चौसियारको छायाँकन रहेको भने भिडियोमा दृश्य सम्पादन मनोज कार्कीले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।