Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

प्रकाश सपुतले खेल्ने पहिलो चलचित्र परदेशीको औपचारिक रुपमा छायांकन सुरु,दशैंमा चलचित्र आउने

प्रकाश सपुतले खेल्ने पहिलो चलचित्र परदेशीको औपचारिक रुपमा छायांकन सुरु,दशैंमा चलचित्र आउने

कमल सरगम-काठमान्डौ

चर्चित दोहोरी गायक तथा मोडल प्रकाश सपुतले अभिनय गर्ने चलचित्र परदेशी दुईको औपचारिक रुपमा सुटिङको शुभ मुहुर्त भएको छ।चलचित्रमा प्रकाश सपुत संगै नायिका वर्षा सिवाकोटी रहने छिन भने चलचित्रको निर्देशन तथा निर्माताको रुपमा उनै अग्रज गायक तथा निर्देशक नारायण रायमाझी रहने छन।

परदेशी १ लाइ अत्याधिक रुचाए संगै शिवरात्रीकै दिनलाई मुख्य शुभ दिन पारि उक्त चलचित्रको मुर्हुत भएको हो।चलचित्रको पठ्कथा भने सर्जक रमेश बिजिको रहेको छ।प्रकाश सपूतले आफ्नो फेसबुकमा लेखेका छन :

'र अब म संग नया सपना छैन ।किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ - चलचित्रमा अभिनय गर्ने ।

हिरो बन्ने ! “सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर ! तर सांगितिक यात्रा होस या चलचित्रको यात्रा म मेरो काम ईमान्दारता, गम्भिरता र मेहनतका साथ गर्नेछु भन्ने आत्मविश्वास पनि छ । तपाईहरुको सल्लाह सुझाव र शुभेच्छा सधै रहने अपेक्षा सहित आदरणिय नारायण रायमाझि सरको निर्देशनमा बन्ने चलचित्र “ परदेशि २ “ मा मुख्य नायकको रुपमा आवद्द भएको औपचारिक जानकारी गराउछु । चलचित्रको आज शुभ- मुहूर्त गरिएको छ । आजकै मिति बाट करिब २ महिना चलचित्रको छायांकन हुने भएकोले यो विचमा पुर्व निर्धारित विदेशका केहि कार्यक्रम बाहेक देश / विदेशका कुनै पनि सांगितिक कार्यक्रममा सहभागि हुन नसक्ने पनि जानकारी गराउछु । बैशाख पछाडि म पुन: संगित कर्ममा फर्किने छु । छोटो तर निकै कष्ठकर यात्रा र संघर्ष पछि अन्तत सपना पुरा भएको छ । मनै देखि बधाई र शुभकामना दिनुस है ?

#परदेशि-२ #First_movie #dream_come_true #Exited #students_Story #Dasai2077 ? ????'

चलचित्र यही दशैंमा सार्बजनिक हुने समेत सपुतको पोष्टमा देखिन्छ।चलचित्र टिम सम्पूर्णलाइ हार्दिक बधाई व्यक्त गर्दछौ।