Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

पहिलो दिनमै‘सेन्टी भाइरस’ले रेकर्ड तोडेपछि हल पुगेका धुर्मुस–सुन्तलीले दर्शकले बोकेर उफारे

पहिलो दिनमै‘सेन्टी भाइरस’ले रेकर्ड तोडेपछि हल पुगेका धुर्मुस–सुन्तलीले दर्शकले बोकेर उफारे

आज शुक्रबारदेखि नयाँ चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले राजनीतिक घटनाक्रमको कथालाई उठान गरेको छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रले आज बिहानैदेखि सुखद सुरुवात गरेको छ । आज बिहान काठमाण्डौको गोपिकृष्ण हल पुगेका मुख्य कलाकार सिताराम र कुञ्जनालाई दर्शकले स्वागत गरे । उनीहरुले ‘सेन्टी भाइरस’की जय भन्दै नारा लगाएका थिए ।

दर्शकले माया दिएपछि सिताराम र कुञ्जनाले ‘अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोग गरेको भन्दै दर्शकलाई धन्यवाद दिएका थिए । यो चलचित्रले सिंगल र मल्टिप्लेक्समा सुखद सुरुवात गरेको छ । देशभर उच्च शो पाएको चलचित्रको मल्टिप्लेक्समा दर्शकको चाप सुखद छ ।

काठमाण्डौ बाहिर विशेषगरि चितवनमा चलचित्रको क्रेज उच्च देखिएको छ । चितवनका सिंगल र मल्टिप्लेक्समा बिदाको फाइदा यो चलचित्रले उठाएको देखिन्छ । आज र भोलीको बिदामा चलचित्रले राम्रो व्यापार गर्ने संकेत देखिएको छ । आइतबारदेखि भने चलचित्रको वर्ड अफ माउथले काम गर्नेछ ।