Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

एकै दिनमा धुर्मुस सुन्तलीको चलचित्र 'सेन्टि भाइरस' ले एक करोड भन्दा धेरै कमायो

एकै दिनमा धुर्मुस सुन्तलीको चलचित्र 'सेन्टि भाइरस' ले एक करोड भन्दा धेरै कमायो

आजबाट रिलिज भएको चलचित्र 'सेन्टि भाइरस' ले धमाकेदार व्यापार गरेको छ। चलचित्र निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रको रिलिजको पहिलो दिन १ करोड १२ लाख बराबरको ग्रस कलेक्सन गरेको छ। उपत्यका भित्र ५९ लाख र मोफसलमा ५३ लाख बराबरको व्यापार गरेको निर्माण टिमले जानकारी दिएको हो। रामबाबु गुरुङ्ग निर्देशित चलचित्रमा सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ।