Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

प्रदिप रुपाखेतीको " मायाको बजार " अत्याधिक रुचाइदै

प्रदिप रुपाखेतीको " मायाको बजार " अत्याधिक रुचाइदै

धादिङ । धादिङका नव गायक प्रदिप रुपाखेतीको मायाको बजार बोलको आधुनिक गीत बजारमा आएको छ । गायक रुपाखेतीको आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । माया गर्नेहरुको लागी माया नै किन्ने बेच्ने हुन्छ, बुझेर मात्र माया लगाउनुपर्छ भन्ने भाव बोकेको यो गीतमा अभिनय पनि रुपाखेतीकै रहेको छ ।

सबैसँग मिलनसार रुपाखेती धादिङको थाक्रे गाउँपालिका ११ मान्खुमा जन्मिएर आफ्नै माटो र देशलाई माया गर्दै स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका रुपाखेती बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका विभिन्न गित बजारमा आईसकेका छन् । उनले भने युट्युवमा प्रदिप रुपाखेतीको आफ्नै नामको च्यानबाट अहिले मायाको बजार बोलको गीत सार्वजनिक गरेका हुन । भिडियो हेर्नुहोस् :