Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई

भरतपुरमा रहेको ट्प वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी, अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशि सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्रि, वेस्ट फिगर कृति चौधरी, भ्युर्वस च्वाईस नविना कंडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटाले जित्न सफल भएको आयोजक ट्प वन मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक रब्स सापकोटाले जानकारी दिए ।

फाईनल चरणको निर्णायकमा नायीका अनिता के.सी, निर्माता बसन्त शर्मा, नायीका सोनि बि.सी, रंगकर्मि रफि शाह रहेका थिए । भने कार्यक्रमको विषेश आर्कषणका रुपमा चलचित्र लेखक मौनता श्रेष्ठ, नायक दिवश धिताल, निर्माता निर्देशक राजु अधिकारी, निर्माता तुलशि आचार्य, चलचित्रकर्मि प्रदिप के.डि र सागर ढुंगाना रहेका थिए ।

अन्तिम चरणका लागि छनौट भएका प्रतियोगीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर, ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिईएको थियो ।

विजेताहरुले थाईल्याण्ड टुर को प्याकेज सहित, विभिन्न आर्कषक पुरस्कार सहित राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराउने, चलचित्र, म्युजिक भिडियोको अवसर प्रदान गरिने आयोजकले बताए ।