कमल सरगम ,काठमान्डौ:स्टेजमा पुगेर सबैलाई रूहाउन पनि भ्याए फेरी सर्वप्रिय लोक गायक पंगेनिले। उनको आँखामा टिलपिल आँसु थियो एता दर्शक पनि आँखाभरि आँसु पार्दै बद्री पंगेनीकै प्रस्तुति हेर्दै थिए।बिशेष केहि उमेर ढल्किएका आमा बुबाहरुको आँखाभरी आँसु देख्दा पंगेनी मन सम्हाल्न सक्दैनन् अनि भक्कानिन्छन स्टेजमै।
कारण:केहि दिन अगाडिको कुरा हो लोकप्रिय गायक बद्री पंगेनीको परिवारमा ठुलै घटना घट्यो।पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का निवर्तमान अध्यक्ष समेत हुन्।पंगेनी लाई पितृशोक परेको थियो। पंगेनीको पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा असामहिक निधन संगै उनि केहि समय सोकमा रहे भने अहिले उनि फेरी स्टेज तिरै व्यस्त देखिन्छ्न। कर्मकाण्ड सकिए संगै उनि केहि महोत्सवमा आफ्नो पुगेका छन। महोत्सवमा पंगेनीको अत्याधिक माग भएकै कारण पिडामा पनि उनि आफुलाई स्टेजमा प्रस्तुत हुन बाध्य थिए।
पिडालाइ मनमा राखेर पनि आम दर्शकलाई आफ्नो मुटुमा सजाउने कलाकार कमै हुन्छ त्यसमा पंगेनी पनि पर्छन।आफु रोएर दुनिया हसाउने क्षेमतामा पंगेनीलाई हामीले देख्दै आएका छौ। हालै पंगेनी अर्घाखाची महोत्सवमा पनि देखिए उनि त्यहा पुग्दा दर्शकले तानातान गरे भने उनको आवाजमा गीत सुन्न पनि खोजे त्यसैले होला उनि सबैको प्रिय बनिरहेको हुन्छन। उनि लगातार अर्घाखाँची, फर्साटिकर,धादिङ,खोटाङ दिक्तेल र सिन्धुली फिक्कल सम्म एकसाथ यही समय पुगेका हुन्।
[embed]https://www.facebook.com/badri.pangeni.9/videos/1410668495780333/?t=1[/embed]