काठमाण्डौ,
फिल्मी क्षेत्रमा पल संग नाम जोडिएकी आचल शर्मा बास्तविक जिबनमा भने उनका प्रेमी उदिप श्रेष्ठसंग नया सम्बन्ध जोडेकी छिन । नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले सोमबार इन्गेजमेन्ट गरे । काठमाण्डौको एक पार्टी प्यालेसमा दुइले औठी साटेका हुन् । इन्गेजमेन्ट सोमबार भएपनि यी दुइको बिहे भने फागुणको २९ गते हुँदैछ । चैत्रको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरेका छन् ।
आँचल र उदिप करिब डेढ बर्षदेखि प्रेम सम्बन्धमा थिए । बिहेको चर्चासँगै निकै नै उत्साहित देखिएका आँचल र उदिपले दुइको नाम मिलाएर ‘आदिप’ राखेका छन् । पछिल्लो समयमा बलिउडको शैली नेपालमा पनि भित्रिएको छ । कलाकारहरुले आफ्नो जोडीलाई मिलाएर नयाँ नाम राख्न थालेका छन् ।