Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

टुडिखेलमा ऋषि धमला सहित संचारकर्मी संदेश कुमार खड्का र अशोक धिताल एकसाथ सम्मानित हुदै

टुडिखेलमा ऋषि धमला सहित संचारकर्मी संदेश कुमार खड्का र अशोक धिताल एकसाथ सम्मानित हुदै

कमल सरगम-काठमान्डौ :लामो समय लोकदोहोरीमा योगदान दिदै केहि समय अमेरिका बसेर फर्किएका संचारकर्मी संदेश कुमार खड्का र हास्य टेलिसिरियल भद्रगोलका हालका निर्देशक तथा लामो समय देखि संचारमाध्यममा काम गर्दै आउनु भएका अर्का लोक संचारकर्मी अशोक धिताल सम्मानित हुने भएका छन।यही फाल्गुन १६ देखि २० गते सम्म हुने ‘प्रथम राष्ट्रीय काँठे लोकदोहोरी महोत्सव २०७६’को बिशेष समारोहमा दुवै संचारकर्मीलाइ लोक संगीतमा बिशेष योगदान सम्मान दिईने भएको छ।त्यस्तै नेपाली पत्रकारितामा लामो इतिहास रचेका बरिष्ठ पत्रकार ऋषि धमला पनि उक्त समारोहमा सम्मानित हुदै छन। काँठे भेगमै झन्मिएर् विश्वमा नेपाली पत्रकारिता चिनाउन सफल धमलाले पत्रकारिता सम्मान पाउने भएका हुन।उक्त कार्यक्रम ऋषि धमलालेनै संचालन गर्ने प्राइम टाइम्स टेलिभिजन र सिटिजन एफ एम बाट एकसाथ प्रशारण हुने संचार संयोजक चन्द्रमणि गौतम ले जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस:

पहिलोपटक टुडिखेलमा एक भब्य कार्यक्रम हुने भएको छ।एकै दिनमा करिब १ लाख दर्शक भित्र्याउने तयारी सहित ‘प्रथम राष्ट्रीय काँठे लोकदोहोरी महोत्सव २०७६’को आयोजना हुने भएको छ।५ सय कलाकारको एकै स्थानमा प्रस्तुति सहित लाइभ दोहोरी देखाउदै उक्त ५ दिने महोत्सव टुडिखेलमा हुन लागेको हो।सो महोत्सवमा इन्द्रेणी टिमले पनि लाइभ दोहोरी सहित आफुलाई प्रस्तुत गर्दै छ भने इन्द्रेणी टिमलाइ उक्त स्थानबाट सम्मान समेत गरिदै छ। दोहोरीको उचाइलाई अझ शिखरमा लान योगदान पुर्याएको भन्दै उक्त टिमलाई सम्मन गरिन लागेको आयोजक डी ए आर मुभिजका प्रभावनले जानकारी दिनुभयो।उक्त समय कार्यक्रम संचालक को भूमिकामा चर्चित कार्यक्रम प्रस्तोता नरेश भट्टराइ र सुहारिका केसी रहने संचार संयोजक चन्द्रमणि गौतम ले जानकारी दिनु भयो। त्यस्तै हरेक दिन फरक प्रस्तोता रहने छन।दोश्रो दिन कमल सरगम र कल्पना रेग्मीले उक्त कार्यक्रम संचालन गर्नुहुनेछ भने तेश्रो दिन संचार संयोजक चन्द्रमणी गौतम र शोभा त्रिपाठी रहनेछन।चौथो दिन हास्यकलाकार राजा राजेन्द्र र सचित खड्का रहने छन भने पाचौ दिन संचारकर्मी भुवन रायमाझी,प्रजापति पराजुली र सुनिता दुलालले कार्यक्रम संचालन गर्ने छन।समय अनुकुल अनुसार अन्य कार्यक्रम प्रस्तोता समेत रहने आयोजक टिमले जानकारी दिएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपप्रधानमन्त्री इश्वर पोख्रेल रहनेछन।

उक्त समय प्रतक्ष्य दोहोरी समेत हुने भएको छ।प्रत्यक्ष दोहोरीको लागि हाल सम्म ७० ओटा टिम दर्ता भएको छ भने अन्य टिम दर्ता हुने क्रम जारी रहेको प्रतियोगी संयोजक सरोज लामिछानेले जानकारी दिनु भएको छ। महोत्सवमा पहिलो, दोस्रो र तेस्रो विजेता समूहलाई क्रमश: नगद रु. ३ लाख, २ लाख र १ लाख सहित अन्य जिन्सी पुरस्कारहरुद्वारा पुरस्कृत गरिने छ भने शान्त्वना पुरस्कार विजेतालाई नगद रु. ५० हजार सहित अन्य पुरस्कार पनि प्रदान गरिने छ। यसैगरी महोत्सव अवधिभरबाट १ – १ जना उत्कृष्ठ गायक – गायिकाको छनोट गरी जनही रु. १० – १० हजारबाट पुरस्कृत गरिने छ । महोत्सवमा सहभागी हुन ईच्छुक कलाकारहरुले आफ्नो टिम दर्ता गरिसक्नुपर्ने कुरा कार्यक्रम संयोजक नवराज ढुंगानाले जानकारी गराएका छन्।

महोत्सवमा नवराज घोरासैनीको संयोजनमा अम्बर विरही गुरुङ, घमेश दुलाल र सीता थापा गरी ४ जनाको मुख्य निर्णायक समिति रहने छ भने शिवनारायण जोशी, इन्दिरा गुरुङ, रेशम थापा, गीतादेवी, उद्धव कार्की, पार्वती कार्की, राम थापा ‘शिशिर’ र उमा श्रेष्ठले अतिथि निर्णायकको भूमिका निर्वाह गर्ने छन्।

प्रचारप्रसार भिडियो यस्तो छ :