Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

आफ्नै जन्मदिनमा पर्यो नायिका प्रियंकाको बिवाह

आफ्नै जन्मदिनमा पर्यो नायिका प्रियंकाको बिवाह

काठमाडौं । नायिका प्रियंका कार्कीको आज जन्मदिन । १९८७ फेब्रुअरी २७ का दिनको जन्म काठमाडौंमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ३३ औं जन्मदिन मनाउँदैछिन् । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आज बिबाह गरेका हुन् । नायिका प्रियंका कार्कीले सामाजिक संजालमा तस्वीर शेयर गर्दै आजबाट कानुनी रुपमा नै एक भएको उल्लेख गरेकी छिन् ।

प्रियंका कार्की एक नेपाली मोडल तथा अभिनेत्री हुन्। सुरेश दर्पण पोखरेलको ‘थ्री लभर्स’ बाट उनले नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी हुन्। पूर्वमिस टिन प्रियंका नम्बर वन स्थानमा पुगिसकेकी नेपाली नायिका हुन् । सिनेमा र म्युजिक भिडियो अभिनय दुवैलाई सँगसँगै अघि बढाएकी प्रियंकाले शुक्रबार अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछिन् । प्रियंका र आयुष्मान दुवैले बिहे अघिको मेहेन्दीको रचाउने कार्य सम्पन्न गरिसकेका छन् । बिहे गर्नुअघि नै प्रियंका र आयुष्मानले ललितपुरको भैंसेपाटीमा घर किनिसकेका छन् । बिहेपछि दुवै त्यहीँ बस्ने भएका छन् ।