यही फाल्गुन १६ अर्थात आज देखि २० गते सम्म चल्ने प्रथम काठे महोत्सवमा पछिल्लो समयकी भाइरल गायिका कमला घिमिरे पनि आफ्नो प्रस्तुति देखाउने टुडिखेल आउने भएकी छिन।१८ गते उनि बिशेष प्रस्तुति देखाउन टुडिखेल आउने भएकी छिन कमलाको प्रस्तुति हेर्न कुनै शुल्क नलाग्ने आयोजक टिम डी ए आर मुभिजले जानकारी दिएको छ।कमला संगै अन्य धेरै चर्चित कलाकार हरु उक्त ठाउँमा आउने छन।
कमला घिमिरे काठे क्षेत्रकि एक होनहार कलाकार हुन् अहिले उनि सबै भन्दा धेरै ब्यस्त स्टेज कार्यक्रममा रहन्छिन भने उनले गाउने गीतहरु पनि निकै चर्चित छन दोहोरीमा सानो उमेरले उनको उचाई बढाएको छ भने उनको खोजि पनि त्यस्तै हुन थालेको छ ।कमला संगै अन्य कलाकारहरुमा इन्द्रेणी टिम र अमृत सापकोटा को जोडी नै उक्त ठाउँमा आउने छन।कार्यक्रमको सबै तयारी सकेको संयोजक नवराज ढुंगानाले बताएका छन भने मिडिया मार्फत पनि उतिकै प्रचार भएको संचार संयोजक चन्द्रमणि गौतम ले बताएका हुन्।