काठमाडौँ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनालेको टिकट बिक्री खुला भएको छ । यसको टिकट ई–सेवाबाट काट्न सकिने छ ।
चैत १ गते हुने ग्रान्ड फिनाले कोरोना भाइरसका प्रभावका कारण फिनाले बानेश्वरको च्यासल ग्राउन्डमा हुने भएको हो । ग्रान्ड फिनालेका लागि दुई सय टिकट मात्रै बिक्रीमा राखिएको र टिकट दर तीन हजार रुपैयाँ तोकिएको छ ।
इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन मगर र धादिङका हिमेश पन्त ग्रान्ड फिनालेमा पुगेका छन् । यी तीन मध्ये सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल रहने छन् ।
विशाल भण्डारीले निर्देशन गरिरहेको कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । शोमा अभिनेत्री केकी अधिकारी र रिमा विश्वकर्माको सहित अन्य तीन जनाको लगानी रहेको छ । शोको होस्ट पनि रिमा आफैँले गर्दै आएकि छन् ।