Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गायक सपन कुमार राईको ‘बाटोको काँडा’ सार्बजनिक (भिडियो सहित )

गायक सपन कुमार राईको ‘बाटोको काँडा’ सार्बजनिक (भिडियो सहित )

लामो समय देखि लन्डन बस्दै आएका गायक सपन कुमार राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्बजनिक गरिएको हो। सपन इन्टरटेन्टमेन्टका संचालक राइ बेलायतमा हुने नेपाली विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने व्यक्ति हुन्। सार्बजनिक ‘बाटोको काँडा’बोलको गीतमा लोकप्रिय गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको शब्द तथा संगीत रहेको छ। साज शाक्यको संगीत संयोजन रहेको आधुनिक मेलोडियस गीत जति सुमधुर छ, भिडियो उत्तिकै उत्कृस्ट बनेको छ ।

आधा दर्जन भन्दा बढी ठुलो पर्दाको चलचित्र,तिन सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरि सकेका भर्सटायल निर्देशक मिलन चाम्सले निर्देशन गरेको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका हुन्। भिडियोको सम्पादन दुइ दर्जन भन्दा बढी ठुलो पर्दाको चलचित्र तिन सय भन्दा बढी म्युजिक भिडियो सम्पादन गरि सकेका पुराना तथा अनुभवी सम्पादक धुर्बराज पराजुली (प्रज्वलित) ले सम्पादन गरेका हुन् ।

दुइ दशक भन्दा लामो समय देखि संचार क्षेत्रमा सक्रिय तथा दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेका गीतकार तथा लोकप्रिय संचारकर्मी नरेश भट्टराईले करिब आठ बर्षपछि म्युजिक भिडियोमा कमब्याक गरेका हुन् । सार्बजनिक भिडियोमा भट्टराईको जोडीको रुपमा अभिनेत्री रेबिका गुरुङले अभिनय गरेकी छिन। रेबिका गुरुङ अभिनित चलचित्र ‘मारुनी’ केहि समय अघि मात्र प्रदर्शनमा आएको थियो । उक्त भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । भिडियो सार्बजनिक कार्यक्रमको संचालन निर्देशक मिलन चाम्सले गरेका थिए । हेर्नुहोस् भिडियो :