Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

भारतका केही सहरमा प्रदर्शन हुदै चलचित्र ‘हजार जुनीसम्म’

भारतका केही सहरमा प्रदर्शन हुदै चलचित्र ‘हजार जुनीसम्म’

नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’ भारतका केही सहरमा प्रदर्शन हुने भएको छ । यही शुक्रवारबाट चलचित्र दार्जिलिङ, कालिम्पोङ, सिक्किम र सिलगुडीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । सोमबार कालिम्पोङमा पत्रकार सम्मेलनको आयोजना गरेर यो जानकारी दिएको हो । सम्मेलनमा अभिनेता आर्यन सिग्देल र अखिलेष प्रधान, निर्माता अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए । उनले यस चलचित्रमा सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरी चलचित्र हेर्न आग्रह गरिन् ।

रोमान्टिक लभ स्टोरी यस चलचित्र भारतका दर्शकलाई मन पर्ने नायक आर्यनले बताए । अभिनेता अखिलेष प्रधानले फिल्ममा आफूले निभाएको भूमिकालाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे । उनको यो पहिलो चलचित्र हो ।

विकासराज आचार्य निर्देशित यस चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेल लगायत कलाकारहरूको अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।