Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

फागुन २९ गतेलाई ‘लोक दोहोरी दिवसका रुपमा मनाइने

फागुन २९ गतेलाई ‘लोक दोहोरी दिवसका रुपमा मनाइने

परशुराम अधिकारी

पोखरा : कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कास्कीले विहिबार मानब सेवा आश्रम पोखरा १७ छोरेपाटनमा खाधान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । १९ औं वार्षिकोत्सवको अवसरमा यस वर्षबाट फागुन २९ गतेलाई ‘लोक दोहोरी दिवस’का रुपमा मनाउने निर्णय अनुसार प्रतिष्ठान कास्कीले सामाजिक काम गरेको हो । अबबाट प्रत्येक बार्षिकोत्सवको अवसरमा ‘लोक दोहोरी दिवस’ मनाउनुका साथै यस अभियानलाई निरन्तरता दिने जनाईएको छ ।

खाद्यान्न वितरण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवं प्रतिष्ठान कास्कीका सल्लाहकार ईन्द्रधारा विष्टले प्रतिष्ठानले गरेको काम प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता सामाजिक कार्यक्रम गर्न सुझाब दिदै आश्रममा के कति बृदाहरु रहेका छन् यस्को लेखा जोखा गर्नु पर्नेमा जोड दिए । उनले भने नेपाल सरकारबाट प्राप्त हुने सेवा सुविधा पाउन पनि बृदाहरुको परिचयपत्र हुनुपर्ने बताउदै यसमा आफुले सक्दो सहयोगका लागि ढोका ढक्काउने बताए ।

कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष राजन सुबेदीले कलाकारले गित मात्र गाउदा रहेछन भन्ने लागे मा त्यो सबै निराधार पुस्टीभयको बताउदै सामाजिक कार्यमा पनि उत्तिकै दख्खल रहेकोमा खुशी व्यक्त गरे । सहयोग सानो ठुलो हुदैन मन ठुलो बनाउन सके सबै चिज प्राप्त गर्न सकिने उनले बताए। कार्यक्रममा प्रतिष्ठानका केन्दका पूर्व एवं बर्तमान पदाधिकारी , प्रदेशका पदाधिकारी सल्लाहाकार,संरक्षक तथा शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष टेक बहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदीले स्वागत र सचिव माधब चापागाईले कार्यक्रम संचालन गरेका थिए ।