हेमजा, २९ फागुन
जननि जन्म भुमिश्च स्वर्गादपि गरियसि अर्थात आफुलाई जन्म दिने बाबु आमा र जन्मीएको माटो स्वर्ग भन्दा प्यारो हुन्छ भन्ने भनाइलाई चरितार्थ पार्दै बाल गायक प्रिन्स सिल्वालको गित बजारमा आउने भएकोे छ । फरकफरक गित मार्फत दर्शक स्रोताको मन जित्न सफल भएका गायकले देश प्रेम गित मायाँ लाग्छ नेपालको बोलको गित बजारमा ल्याउन लागेका हुन । प्रेम घिमिरेको शब्द संगित, दिनेस न्यौपानेको संगित संयोजन, अनिल कट्वालको निर्देशनमा तयार पारिएको भिडियोको सुन्दर नगरि पोखरा र काठमाण्डौमा छाँयाकन गरिएको छ ।
गायक सिल्वालको यस अघि दशै मनाउने हो चङगा उडाउने हो, न मानामा नापिन्छ मायाँ नतुलोमा जोखिन्छ मायाँ र बाबा बोलको गित सार्वजनिक भैसकेको छ । १२ बर्षिय बाल गायक प्रिन्सको पछिल्लो लोक प्रिय गित बाबा हो । बुबा प्रतिको सम्मानमा गाइएको उक्त गितमा २०७२ सालको बिनासाकारी भुकम्पले धन जनको क्षेती मात्र हैन कयौको सपना समेत उडाइदिएको बिषय बस्तुलाई समाबेस गरिएको थियो । सो गितमा अभिनेता सरोज खनालले अभिनय गरेका थिए ।
दुइ बर्ष अघि मात्र सार्बजनिक भएको बाल गित दशै मनाउने हो चङगा उडाउने हो, प्रिन्सको अर्को फरक धारको गित थियो । उक्त गितमा प्रिन्सलाई दिप्सी भट्टले साथ दिएकी थिइन । रमेस पाठकको शब्द संगित, नरेन्द्र बियोगिको एरेन्ज, बुद्धलामाले निदैशन गरेको गितलाई दिपेन्द्र भट्टले छायाँकन र सम्पादन गरेका थिए । दशै मनाउने हो नाचदै रमाउने हो गितमा भने स्वयम आफै र बाल गायिका दिप्सी भट्ट र साथिहरुले अभिनय गरेका थिए ।
त्यस्तै सिल्वालको अर्को गित न मानामा नापिन्छ मायाँ नतुलोमा जोखिन्छ मायाँ बोलको आधुनिक गित गाएर एउटा सफल बाल गायकको रुपमा आफुलाई उभ्यायका थिए । उनको एकल गाएन रहेको गितमा बसन्त बित्यासि थापाको शब्द असोक लुहारुङ राइको शब्द संगित रहेको थियो । उक्त गितमा जेन्नी पमाल र निसा पाण्डेको अभिनय रहेको छ भने ड्रोन अप्रेटर चक्र महर्जनको छायाँकन र सञ्जय पाण्डेको निर्देशन रहेको थियो ।