Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

नेपाली व्याकरणमा आधारित दोहोरी गित पदबर्ग भाग १ बजारमा

नेपाली व्याकरणमा आधारित दोहोरी गित पदबर्ग भाग १ बजारमा

पोखरा : लोक दोहोरी गित जो कोहीले गाउन सक्ला तर नेपाली व्याकरणका माध्यमवाट लोक दोहोरी गित गाउन अलि गारै पर्ला । नेपाली व्याकरण पढ्न र यसका प्रायवाची शव्द बास्तवमा घोकेर पढ्न अनि विद्यार्थीलाई पढाउन गारो विषय हो । व्याकरणमा अन्त्यअनुप्रास कहानेर लगाउनु पर्छ,या कहानेर नलगाउने कसरी लगाउने भन्ने विषयमा आधारित रहेर पद बर्ग भाग १ को लोक तथा दोहोरी गित सार्वजनिक भएको छ । नेपाली व्याकरणलाई विषयबस्तु बनाई तयार पारिएको लोक तथा दोहोरी गित बजारमा आएको हो ।

कलाकार ज्ञानेश्वर सुबेदी, राजन कार्की र बाल कलाकार अभिषेक आचार्य र कृतिका सुबेदीको बेजोड प्रस्तुति रहेको छ । यस नेपाली व्याकरणको शव्द संयोजन ज्ञानेश्वर सुवेदी र लक्ष्मी शर्माको रहेको छ भने यस गितको लय राजन कार्कीले गरेका छन् । यस गितलाई पोखराका विभिन्न स्थानहरु पाश्कल एकेडेमी,पोखरा मावि,केफ,मावि,भानुभक्त मावि,भारती मावि र पोखरा क्रियटिभ विद्यालयमा छायाकन गरिएको छ । आजको युग भनेको गित संगितको युग हो भन्दै गित संगितका मायमबाट विद्यार्थीलाई अध्ययन गर्नुपर्ने भएकोले यस्तो अबधारणा ल्याएको पाश्कल एकेडेमीका प्राचार्य निलकण्ठ आचार्यले जानकारी दिए ।

नेपाली व्याकरणका माध्यमले शिक्षकलाई पढाउन सजिलो होस भनि यो गित बजारमा ल्याएको कलाकार ज्ञानेश्वर सुबेदीले बताए । विद्यार्थी, शिक्षक र अभिभाबक सबैलाई पढ्न र पढाउन सजिलो हुने भएको छ । यस गितको छायाकन भिम क्षेत्रीले गरेका थिए । उक्त पद बर्ग भाग १ पोखरा आर्दश एकेडेमी र पाश्कल एकेडेमीको युटुब मार्फत दर्शकहरुले हेर्न सकिने छ ।