काठमाडौ : अभिनेत्री आँचल शर्मा र पोषण विद् उदिप श्रेष्ठले फागुन २९ गते लगनगाँठो कसेका छन् । बिहिबार काठमाडौंको एक होटलमा विवाह गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले शनिबार काठमाडौंको पाँच तारे होटल हायातमा भव्य पार्टीको आयोजना गरेका थिए ।
अभिनेत्री आँचल उदिपसँग हेलिकोप्टर चढेर १६ लाखको लेहेंगा लगाएर शनिबार आयोजित पार्टीमा पुगिन् । १६ लाख पर्ने १६ केजीको उक्त लेहेंगालाई भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको हो । यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको बताइएको छ ।
आँचलको लेहेङ्गाको आइडिया भने उदिपले नै जुराएका हुन् । यस्तै आँचलले शनिबार विवाह पार्टीमा करिब ६० लाख हारहारीको गहना लगाएकी थिइन् ।