Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

चर्चित गायक बिरबल ढकालले गाएको दोहोरी गीत 'रुमाल झोलामा'चर्चामा

चर्चित गायक बिरबल ढकालले गाएको दोहोरी गीत 'रुमाल झोलामा'चर्चामा

बिरबल ढकालको नयाँ सांगीतिक कोशेली रुमाल झोलामा बोलको गीति एल्बम युटुब मार्फत सार्वजनिक गरिएको छ ।बिरबल ढकाल र पछिल्लो समयमा अत्यन्त चर्चित गायिका कमला पोखरेलको सुमधुर स्वर रहेको एल्बममा काजिबाबु अर्यालले शब्द कोरेका छन् ।गोरखा चौतारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा तथा नायिका रक्षा श्रेष्ठको दम्दार प्रस्तुति देख्न सकिन्छ ।

गीत सार्वजनिक भएको दुई दिनमा नै अत्यन्त चर्चा बटुल्न सफल एल्बमलाई दर्शक स्रोताले निकै मन पराएको पाइन्छ । मायाँ गर्ने प्रेमिल जोडीहरुले एक अर्काको निम्ती चिनो तथा उपहार लिएर दिन आतुर भएको भाव यस गीतमा झल्किन्छ ।

गीतमा नयाँ शैली र टिपिकल शब्दहरुको चयन पृथक भएका कारण दर्शक र स्रोताले मन पराएको पाइन्छ ।