आफ्नो पहिलो म्युजिक भिडियो 'दिल बस्यो'को सफलता पश्चात गायक कर्साङ शेर्पाले आफ्नो दोस्रो म्युजिक भिडियो 'बिस्वाश ढलेको देक्छु' सार्वजनिक गरेका छन ।
वास्तविक जीवन भोगाईका कुरा र जीवन संघर्ष समेटिएर तयार पारिएको यस गीतलाई गायक शेर्पाले आफ्ना भाई टेण्डी शेर्पा प्रति समर्पित गरेका छन । म्युजिक भिडियोमा टेण्डी शेर्पाको संघर्ष र सफलतालाई फोटो मार्फत प्रस्तुत गरिएको छ । यस गीतमा स्वर शेर्पाको रहेको छ भने शब्द गणेश सुवेदीको रहेको छ । यस गीतलाई बिक्रम थापाले संगीत्वद्द गरेका हुन्।
स्वयम गायक शेर्पा फिचर्ड म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।