अमृत सापकोटा मिडियामा आएर एकाएक चर्चा कमाएको झन्डै ७ महिना काट्दै गर्दा उनको कान्छो भाई भाउजु संगै मिडियामा देखिएका छन।गाउँमै आमा बुबा संग खेतीपाती गर्ने कृष्ण सापकोटा पनि अमृतको भन्दा सुमधुर स्वर भएका व्यक्ति रैछन।उनि खासै मिडियामा न देखिए पछि प्रतिभाको बारेमा त्यति परिवारलाई पनि थाह भएन अझ अमृतलाई त थाहै थिएन कि भाईले आफ्नो भन्दा मिठो गाउन सक्छ भनेर।
कृष्ण सापकोटाले आफ्नी भाउजु संग पनि दोहोरी खेलेका छन।खासै पढ्न नपाएका कृष्णले आफु खेति गर्न परेकै कारण पढ्न नपाएको गुनासो समेत पोखे।कृष्णले ८ सम्म मात्रै पढेका छन भने अमृत सापकोटाले पनि एस एल सी मात्रै पास गरेको रहेछन।दोहोरी गएर परिवारको गुजारा चलाएका अमृतले आफ्नो भाईलाई गायक बनाउलान या न बनाउलान?त्यसको लागि पुरा भिडियो हेर्नुहोस :
यो पनि पढ्नुहोस
नायिका आँचल शर्माले बिहिबार प्रेमी उदिप श्रेष्ठसँग बिहे गरिन् । उनको बिहे पार्टी सामाजिक संजाल र नेपाली मिडियामा सर्वाधिक चर्चित बन्यो । विशेषगरि, हेलिकप्टरमा होटल पुगेको र आँचलले लगाएको १६ लाखको लेहेङ्गाको चर्चा सामाजिक संजालमा व्यापक छ ।
संजाल प्रयोगकर्ताहरुले आँचलको पहिरन र हेलिकप्टरमा होटल पुगेको कुरालाई ट्रोल बनाइरहेका छन् । तर, यहीविचमा आँचलले भने सामाजिक संजालमा मन छुने स्टाटस कोरेकी छिन् ।
आँचल लेख्छिन्–‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो बिबाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’
उनले, आफूहरुको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैलाई धन्यवाद समेत दिएकी छिन् । उनले, आफूहरुको सपनालाई सफल बनाउन आयोजनाको प्रयासलाई मनैदेखि स्वागत गर्ने सबै मानिसहरुको कारण नै संभव भएको समेत उल्लेख गरेकी छिन् ।
१ बर्ष लामो प्रेम सम्बन्धलाई आँचल र उदिपले बिहिबार बैबाहिक जीवनमा परिणत गरेका थिए ।