Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

इन्द्रेणीकि टिका सानुले कृष्ण काफ्ले संग धेरै पछि गाएको गीत टिकटकमा भाइरल (भिडियो)

इन्द्रेणीकि टिका सानुले कृष्ण काफ्ले संग धेरै पछि गाएको गीत टिकटकमा भाइरल (भिडियो)

काठमाडौँ – लोक तथा दोहोरि गायक कृष्ण प्रसाद काफ्ले आफ्नो मौलिक लोकदोहोरी गीत ”एउटा चिनो छ” का साथमा नेपाली सांगीतिक दुनियामा पुनरागमन गरेका छन्, बिगत एक दशक भन्दा लामोसमय देखि सांगीतिक क्षेत्रमा पाइला चालेपनि केहि गीतहरुको सफलता पश्चातनै उनि बिबिध कारणबस यो जन्मभूमि अर्थात नेपाल छोडेर परदेशिएका थिए , जसले गर्दा उनका पाइलाहरुले सांगीतिक यात्रा गर्दा गर्दै केहि समयको लागि बिश्राम लिनुपर्यो ।

तरपनि यहि सांगीतिक दुनियामार्फत आफ्ना पाइलाहरुलाई सफलताको शिखरमा टेकाउने उनको सपना भने रोकिएन, बिदेशमा अनेकौ दुख र संघर्ष गरे उनले, भन्छन ”सरिर थकित हुदैमा मनका भावनाहरु कहाँ मर्छन र” , त्यस्तै उनको जादुमय आवाजमा उस्तै मिठास रहिरह्यो र जीवनका अनेकौ भोगाइ संगै सृजना गर्ने क्षेमतामा झन् निखारपन थपिदै गयो। केहिबर्षको विदेश बसाइपछि उनले आफ्नो जीवनको तालमेल मिलाए र अहिले एउटा कालजयी रचना ”एउटा चिनो” लिएर बजारमा आए उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो ।

गायक काफ्ले भन्छन ”विन्ध्यवासिनी म्युजिक भरपर्दो विस्वासिलो र धेरै सफल कलाकार हरु जन्माएको कुरा इतिहासले बोलेको छ र हिज आज पनि, यसले पुराना कलाकारहरुको सम्मान गर्दै नया कलाकारलाई सफल बनाउनेमा जोड दिरहेको छ र सफल पनि बनाइरहेको छ त्यहि कारण नै मलाइ विन्ध्यवासिनी म्युजिक प्रालि संग काम गर्ने रहर पलायो ” ।

उनकै शब्द र लय रहेको एउटा चिनो छ बोलको यस गीतमा उनै कृष्ण प्रसाद काफ्ले अनि टिका सानुको आवाज रहेको छ भने संगीत संयोजन लोकप्रिय संगीतकार तथा संगीत संयोजक बीबी अनुरागिको रहेको छ । भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् ,करिश्मा ढकाल र निर्देशक श्रेष्ठकै अभिनय रहेको भिडियोलाइ अजय रेग्मीको छायांकनमा दिपक बिष्टले सम्पादन गरेका हुन् ।

समग्रमा सबै तवरबाट उत्कृष्ट रहेको यस गीतलाई दर्शक श्रोताहरुले पनि उत्तिकै साथ् दिरहेका छन् , मन पराइरहेका छन् ।लामो समयको अन्तराल पछि सांगीतिक दुनियामा पुनरागमन गरेर लाएपुगेको मिहेनेतबाट सफलताको शिखर तर्फ लम्किरहेका गायक तथा सर्जक कृष्ण प्रसाद काफ्लेलाई हाम्रो तर्फ बाट पनि धेरै धेरै सफलताको शुभकामना।