Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

मिस नेपालको धरान अडिसनमा ६ जना

मिस नेपालको धरान अडिसनमा ६ जना

धरान : मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । ५.४ इन्च उंचाई , प्लस २ पास र १८ बर्ष काटेको अबिबाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियम रहेकोले १२ जना सहभागी भएकोमा अधिकांश उंचाई कम भएकोले अडिसनमा भाग लिन पाएनन् । धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित मिस नेपाल २०२० को धरान अडिसनमा अडिसन दिन पाउनेहरु धरान , इटहरी र धनपालथान गाउँपालिका,मोरंगबाट रहेका थिए । मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको अडिसनमा उनीहरुले गरेको कुराकानी , प्रस्तुति , आत्मविश्वास , बौद्धिक स्तरमापन को आधारमा अंक दियिएको र नेपालको ८ वटा ठाउको अडिसन सकिएपछि आगामी चैत्र १५ गते काठमाडौँको होटल अन्नपूर्णमा अन्तिम अडिसन राखिएको छ र उक्त अडिसन पछि सम्पूर्ण प्रतियोगीहरु बाटअंकको आधारमा अन्तिम २५ जनामा छनोट गरिने आयोजक हिडन ट्रेजरले जनाएको छ ।

छनौट पछि हरेक वर्ष कार्यक्रमको दौरान प्रदान गरिने विशेष रुपमा तयार गरीएका तालिमहरु विभिन्न विधामा ख्याती प्राप्त व्यक्तीत्वहरुसगँको साक्षात्कारहरुको माध्यमबाट गरिनेछ भने मिस नेपालको सुरुवात देखि को ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ भने यो बर्ष उनलाई सह -कोरियोग्राफरको रुपमा प्रियारानी लामाले सघाउनेछन् । प्रत्येक वर्ष मिस नेपाल विजेताहरुलाई प्रदान गरीदै आएको पुरस्कारको रासी यो वर्ष बाट बढाएर प्रति विजेता रु दुईलाख पचास हजार दिईनेछ । यो बर्षका बिजेताहरुले मिस वर्ल्ड , मिस अर्थ , मिस इन्टरनेशनल र मिस सुपर नेशनल मा नेपालको प्रतिनिधित्व गर्नेछन ।अडिसन अघि मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत धरानको बिभिन्न कलेजहरु धरान मोडल कलेज , युएन नवोदय कलेज , केन्द्रिय प्रविधि क्याम्पस -हात्तिसार , धरान सिटी कलेजमा कलेज एक्टिभेशन कार्यक्रममा सहभागी भएर मिस नेपाल २०२० को प्रचार -प्रसार गरेका थिए।