Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानको भवन क्वारेन्टाइन बनाउन दिइने(बिज्ञप्ति सहित)

राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानको भवन क्वारेन्टाइन बनाउन दिइने(बिज्ञप्ति सहित)

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा संक्रमण हुन नदिन भर्पूर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले गरेको निर्णयको समर्थन गर्दै प्रतिष्ठानले सहयोग गर्न तयार रहेको जनाएको हो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी. र महासचिव सुवास केसीद्धारा संयुक्त रुपमा जारी विज्ञाप्तिमा आवश्यक परेका खण्डमा प्रतिष्ठानको भवन समेत क्वारेन्टाइनको लागि प्रयोग गर्न दिइने भनिएको छ ।

सम्पूर्ण कलाकारहरुलाई कोरोनाको संभावित जोखिमबाट आफू बच्न र गीतसँगीतमार्फत जनचेतना फैलाउन विज्ञाप्तिमा आग्रह गरिएको छ ।

हेर्नुस् विज्ञाप्ति: