Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

मेलिना राइको 'शुभकामना' मा अन्जली अधिकारि [भिडियो ]

मेलिना राइको 'शुभकामना' मा अन्जली अधिकारि [भिडियो ]

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस {कोभिड–१९} का कारण नेपाली चलचित्र उद्योग पूर्ण रुपमा प्रभावित भए पनि नेपाली सांगीतिक छेत्रमा गीतहरु भने केहि संख्यामा सार्वजनिक भैरहेका छन् यसै क्रममा ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको 'शुभकामना' बोलको गीत सार्वजनिक गरेको छ । लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र बालकलाकार एरिक बी शाहको अभिनय रहेको छ । गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा सुरेश राउतको सम्पादन र उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ।

ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले अरु पनि धेरै हिट हिट गायकगायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने र यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता,दर्शक एबम मिडिया हाउसलाई प्रोपाइटर ईश्वर थापाले जानकारी दिनुभयो ।