Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

अमर राईको चन्चले नानी सार्वजनिक (भिडियो)

अमर राईको चन्चले नानी सार्वजनिक (भिडियो)

काठमाडौं । गायक अमर राईको स्वरमा रहेको नयाँ गीत "चञ्चले नानीले" सार्वजनिक भएको छ। गायक राइको सार्वजनिक ‘चञ्चले नानीले’ बोलको गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ। गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन्। भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा विल्सन शिल्पाको पछि परेका छन्।

यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ। गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन्। उत्तम हुमागाईंले खिचेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन्। भिडियोमा गाउँको एक कथालाई प्रस्तुत गरेको र आफूले गीतमार्फत चञ्चले नानीको सुन्दरताको बयान गरेको गायक अमर राईले बताएका छन् ।