Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

'माथि चौतारीमा कुरौला' भन्दै आइन गायिका अर्पणा [भिडियो ]

'माथि चौतारीमा कुरौला' भन्दै आइन गायिका अर्पणा [भिडियो ]

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस {कोभिड–१९} का कारण नेपाली चलचित्र उद्योग पूर्ण रुपमा प्रभावित भए पनि नेपाली सांगीतिक छेत्रमा भने केहि गीतहरु सार्वजनिक भैरहेका छन यसै क्रममा लोकप्रिय गायिकाअर्पणा श्रेष्ठले नयाँ गीत 'माथि चौतारीमा कुरौला' बोलको गीत सार्वजनिक गरेकी छिन । सचिन थापाको शब्द ,सगीत रहेको गीतको म्युजिक भिडियोमा सपना ,सचिन,एलेक्स ,सिदार्थ , लगायतको अभिनय रहेको छ । गीतमा जनमानसको जिब्रोमा नआउने अर्थात् भुलीसकेका शब्दहरु पनि परेका छन जसले गीतलाई गहन बनाएका छन् ।

सचिन थापाको निर्देशनमा बनेको भिडियोमा शिलन लम्सालको सम्पादन र अर्जुन सापकोटाको सिनेमाटोग्राफी रहेको छ। लोकप्रिय गायिका अर्पणाको स्वरमा यसअघि पनि धेरै गीतहरु र म्युजिक भिडियोहरु बजारमा आइसकेका छन । साथै उनले चर्चित गायकहरु सुगम पोखरेल, नबिन के भट्टराई, कमल खत्री लगायतसंग डोएट गीत गाइसकेकी छिन जसलाई दर्शकले धेरै मन पराएका थिए । यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता,दर्शक एबम मिडिया हाउसलाई गायिका अर्पणाले आग्रह गरेकी छिन ।