Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

लक् डाउनले कलाकार समस्यामा हुनुहुन्छ?सिधा फोन गर्नुहोस दोहोरी प्रतिष्ठानमा(बिज्ञप्ति सहित)

लक् डाउनले कलाकार समस्यामा हुनुहुन्छ?सिधा फोन गर्नुहोस दोहोरी प्रतिष्ठानमा(बिज्ञप्ति सहित)

कमल सरगम:काठमाडौं ।ठुलो बिपतिहरुमा पनि लोकदोहोरी प्रतिष्ठानले आफ्नो कदम अगाडी बढाउदै आइरहेको बेलामा फेरी कोरोनाको समस्यालाई समाधान गर्ने हेतुले प्रतिष्ठानले आफ्नो मातहतका कलाकारहरुलाई सहयोग गर्ने भएको छ।२०७२ सालको ठुलो भूकम्पमा पनि गाउँ गाउँ पुगेर सहयोग गरेको सस्थाले यो समय लक् डाउन को अबस्थामा कलाकारलाई समस्या परे सहयोग गर्ने भएको छ।

सस्थाले बिज्ञप्ति निकाल्दै भने'कलाकारले समस्या परे फोन गर्नुस तुरुन्तै सहयोग गर्न आउने छौ'।प्रतिष्ठानका अध्यक्ष रमेश बिजिको नेतृत्वमा बसेको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो।राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपालले लकडाउनको समयमा समस्यामा परेका संगीतकर्मीहरुलाई सहयोग गर्न तयार रहेको जनाएको हो।

मंगलवार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले गीतसंगीतसँग सम्बन्धीत पेशा व्यवसायमा रहेका संगीतकर्मीहरुलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने जनाएको हो ।लकडाउनको चपेटामा रहेका संगीतकर्मीहरुलाई खाद्यन्न लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्न प्रतिष्ठान तयार रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति हेर्नुस्;