Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

लाहुर,राम्दी पुल र लोक गीत-सि.पी.मगर

लाहुर,राम्दी पुल र लोक गीत-सि.पी.मगर

"यस पालीलाइ,यस्तै भो सानीमन त थियो लाहुरै लैजानी"बर्तमान समयको अत्यन्तै लोकप्रिय गीत "राम्दी पुल तर्ने"को अन्तरा(टुक्का) हो यो।केही दिन अगाडि मात्र लाइभ रेकर्डिङ भिडियो युट्युबमा अप्लोड भए संगै गीतले अत्यन्तै चर्चा पाएको हो।बिशेष गरी पछिल्लो पुस्ताले बढी प्रयोग गर्ने

टिकटोक भिडियो एप्समा हजारौ चोटी यो गीत अप्लोड भैसकेको छ।बरिष्ठ सर्जक रमेश बि.जी.को शब्द,स्वर्गीय अमृता झेडी मगर र गणेश भण्डारीको लयमा बनेको गीतमा बरिष्ठलोक गायक तथा/निर्देशक आदरणीय दाइ नारायण रायमाझी र सुमधुर स्वरकी धनी कमला पोख्रेलले स्वर दिएर प्राण भरेका छन।मुल गीत जम्मा २ अन्तरा(टुक्का)को भएर पनि सर्ब प्रिय बनेको यो गीत अहिले रि-रेकर्डिङ भए पछि झनै जति सुन्यो उति नै सुनु जस्तो लाग्ने मेरो दैनिकी नै बनिदिएको छ।

लोक गीत आफैमा लोकले बोल्ने भाषा हो।मन भित्र लुकेका कतिपय माया,प्रेम,मिलन,बिछोड र सामाजिक यथार्थताका भावलाइ लयात्मक रुप दिइ प्रस्तुत गर्नु नै लोक गीतको सबैभन्दा आनन्दमयी पाटो हो।मुखले झट्ट भन्न नसकिने शब्द/भावहरुलाइ स्वर,भाका र अन्त्यानुत्रास मिलाइ लोक बाजाका साथमा भनिदा सहज र सरल ढंगले आशय बुझिन्छ।

सन् १९४७ नोभेम्बर ९ मा नेपाल-भारत र ब्रिटेनबीच गोर्खा भर्तीबारे भएको सन्धि संगै नेपाली युवाहरु भारतीय गोर्खा पल्टनमा भर्ती हुने गरेको पाइन्छ।ब्रिटेन(बेलायात)को तर्फ बाट होस या भारत-पाकिस्तानको बिभिन्न लडाइ हरुमा होस नुनको सोझो किन नहोस बहादुरीका साथ लडाइ लडेकै हुनाले पनि एउटा गर्बिलो नाम "लाहुरे"पाएका छन।

हुन त पाकिस्तानको एउटा शहर लाहौर बाटै अपभ्रंश भएर लाहुर शब्द बन्यो भन्ने सुन्नमा पाइन्छ तर समय संगै गोर्खा पल्टनमा भर्ती भए पछि भारतको जुनसुकै ठाउमा किन नपुगुन? लाहुर गयो र लाहुरे भयो रे भन्ने शब्द आजभोली पनि सुन्न पाइन्छ।बिशेष गरी गण्डकी,लुम्बिनी र धौलागिरी तिर लाहुरे शब्द अत्यन्तै लोकप्रिय र महत्वपुर्ण पनि मान्ने गरिन्छ।आधुनिकता संगै केही परिबर्तन आए पनि सके सम्म आफ्नो भाइ,छोरालाइ लाहुरे नै बनाउनु पर्छ भन्ने अभिभावकहरु अझै पनि पाइन्छ।

मेरो पनि क्यै लाहुरे अनुभवहरु रहेको हुनाले लाहुर र लाहुरे संस्कृतिको रुपमा लिने गर्दछु।झट्ट हेर्दा खाइलाग्दो,कपाल छोटो काटेको,हातमा टेप रेकर्ड बोकेर छुट्टीमा गाउ आउदा युवतीहरु लाहुरेको माया पाउन आशाबादी,आफन्तहरु छोरी/चेली लाहुरे संगै बिहे गरिदिने रहर,गाउ ठाउमा छुट्टै शानले हिड्ने हुनाले पनि लाहुरे पेशा प्रति अथाह माया,मोह,सम्मान र गर्ब लाग्छ आज पनि!

"के मा तिम्रो,छैन मन बुझेकोमलिन मुहार परेली रुझेको"राम्दी पुल तर्ने बाचे त हुम्ला भेट मरे के गर्ने?"लाइदेउ मेरो,मायाको टुंगोभयो जोवान पात भन्दा हलुंगो"राम्दी पुल तर्ने

बाचे त हुम्ला भेट मरे के गर्ने?

गीतका शुरुवाती अन्तरा बाटै पत्तो पाइन्छ- छुट्टीमा घर आको लाहुरे गाउकी आफ्नो मायालु संग छुट्टी सकाएर पल्टन फर्कन बिदा माग्दै छन।दुबै बीच प्रगाढ माया त छदैछ,मनमा एक अर्काको हुन नपाइने हो की?समयले छुटाउने हो की?छुटन परे के हालत होला?अनेक शंका उब्जिरहेको पाइन्छ।स्वभाविक रुपले नै माया सफल हुन शंका,ईर्ष्या,समर्पण हुन जरुरी छ।प्रस्तुत गीत भित्र पनि यस्तै खाले भावहरु जीबन्त बनेर आइदिएका छन।माया गरेको लाहुरे पाउन हुर्किएकी युवतीले गाउघरमा के के बिषयहरुको सामना गर्नु पर्छ भन्ने बारेमा पनि गीतले छरलङ्ग बनाइदिएको छ।

यसै गीतको प्रसंगमा कुरा गर्दा गर्दै एक जना मेरो एकदमै मन मिल्ने गोरखाली साथीले ठट्टा गर्नु भयो-हैन राम्दी पुल नभए स्याङ्जालीले के गीत लेख्दो हो?पाल्पालीले के गीत गाउदो हो?मैले पनि ठट्टैमा भनिदिए हजुर हरुले पनि लेख्नु गाउनु नी "गोरखा पुल तर्ने" हामी लामो हास्यौ पनि!संयोग भनौ गीतका सर्जक रमेश बि.जी.दाइ स्याङ्जाका हुनुहुन्छ भने गायक नारायण रायमाझी दाइ र गायिका कमला पोख्रेल पाल्पाका हुनुहुन्छ।राम्दी पबित्र धाम हुदै हो

भने काली गण्डकी नदीमा बनेको राम्दी पुल स्याङ्जा र पाल्पा जिल्ला जोड्ने मुख्य द्वार हो,छुट्याउने सिमाना हो र त्यो भन्दा बढी एउटा जिउदो लोक सभ्यता हो।लाहुर जादा स्याङ्जाली हरु ले यो पुल नतरी हुन्न र मनले चिताएको पुगोस भनेर आउदा जादा फुल पैसा गुडिरहेको बस बाटै कालीमा फालिने पनि गरिन्छ।

पोखरा सुनौलीको दुइ ढोके बस राम्दी पुल तरे पछि अगाह खोलाको उकालो बाटो,वारी पारी पीपल डाडाको डर लाग्दो भीर जंगल,आर्य भन्ज्याङ्को जमघट,बर्टुनको बटुक(बारा),बर्टुन मुनि आप बगैचाको घुम्टी,केराबारीको चिया चना,दोभान-सिद्द बाबाको पहिरे भीर संगै बटौली बजार पुगिन्छ।राम्दी पुल तर्ना साथ गाउकी मायालुको याद आउदो होला र राम्दी तरेका गीत हरु जुरेका होलान पनि।

"राम्दी पुल तरने बित्तिकै बाचे भेट मरे त यत्तिकै"(नारायण रायमाझी/शर्मिला गुरुङ)अग्लो(अल्को) छ,राम्दीखसे भने नभन बाचुला(खड्ग गर्बुजा/साथीहरु)झर्नै मन लाग्दैन बेसी

सोल्टी हजुर राम्दी पुल तरेसीखोटी कर्मले(पुरुषोत्तम न्यौपाने/बिमा दुरा)गयौ तिमी राम्दी पुल तरेर धेरै रोए बिलौना गरेर हासी हासी जाउ(भगवान भण्डारी/बिष्णु माझी)भेट हुम्ला आधीमा झरेर

जाम्ला लाहुर राम्दी पुल तरेर(माया रुने/सुमन थापा मगर)"प्रस्तुत गीतहरुले पनि राम्दी सभ्यता संगै केही न केही कथा हरु बोकेकै पाइन्छ।भयौ भने,माइतीको हेला खबर गर आउछु म त्यै बेला राम्दी पुल तर्नेआसु धारा आखामा नसुक्दै लेख्नु चिट्ठी पल्टनमा नपुग्दैराम्दी पुल तर्ने बाचे त हुम्ला भेट मरे के गर्ने

बिभिन्न शंका र उपशंकाका बाबजुत बर्ष दिनका लागि लाहुरे लाहुर गएरै छाड्छ।यता उनको प्रेमिकाको के हालत भयो होला?लाहुरेलाइ पर्खिइ होला की अरु कसैको भैसक्यो होला? लाहुरेले चिट्ठी लेख्यो की लेखेन होला?लाहुरे लडाइमा पर्यो की?फर्किएर गाउ आयो की आएन होला?बाचे त भेट होला बिहे/घरबार गर्ला मरे भने के गर्ला?यस्तै थुप्रै अनुत्तरित प्रश्नको परीक्षा पत्र दिएर गीतको अन्त्य भएको छ।सबै उत्तर पाउन "राम्दी पुल तर्नी-२"आउनु पर्छ रआउछ भन्ने बिश्वास लिएको छु।जे होस

लाहुर/लाहुरे र प्रदेश/प्रदेशीको यो अध्याय इतिहास बनेर बस्नेछ।हरेक लोक प्रेमीहरुको मन मनमा बर्षौ बर्ष,युगौ युग बाचिरहनेछ -राम्दी पुल तर्ने!आदरणीय रमेश बि.जी.दाइका यी मुटु बिझाउने शब्दहरु कालान्तार सम्म मुखमा झुण्डिरहनेछ।आदरणीय दाइ नारायण रायमाझीलाइ त कुन शब्दको सम्मान दिन सक्छु र?लोक गीतका नारायण गोपाल भन्दा बढी बाचिरहनु हुनेछ मेरो र म जस्तै करोडौको मनमा!प्रिय बहिनी कमला पोख्रेल-मौलिकताको अभाव भैरहेको लोक पोखरीमा कमल फुल बनेर बार्है मास फुलिरहनु शुभकामना!!!

राम्दी पुल तर्ने गीतको सच्चा शुभचिन्तक(फ्यान)

सि.पी.मगर

दक्षिण कोरिया बाट