Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

ब्रिटिस गट ट्यालेन्टमा 'सन्डे मर्निङ लभ यु'का गायक भीम निरौला

ब्रिटिस गट ट्यालेन्टमा 'सन्डे मर्निङ लभ यु'का गायक भीम निरौला

'सन्डे मर्निङ लभ यु' गीत गाएर चर्चामा आएका भीम निरौला ब्रिटिस गट ट्यालेन्टमा अडिसन दिएका छन्। अडिसनमा उनले सोही गीत सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु गाएका थिए। सात वर्ष अगाडि अक्टुवर १२ मा रिलिज भएको बेलायत निवासी नेपाली भीम निरौलाको 'सन्डे मर्निङ' गीत त्यति बेला खुबै भाइरल भएको थियो। सो गीत गायकीका कारणले भन्दा पनि त्यसको मनोरञ्जक पक्षका कारण दर्शकमाझ चर्चित बनेको थियो। सो गीतबाट रातारात चर्चामा आएका निरौला पुनः सोही गीतका कारण सात वर्षपछि चर्चामा आएका छन्। यसपटक यो चर्चा उनलाई बेलायतमा संचालन हुने रियालिटी शो 'ब्रिटेन गट ट्यालेन्ट'को मञ्चले दिलाइदिएको छ।

आफूभित्र रहेका विभिन्न प्रतिभा प्रस्तुत गर्ने पाइने शो को १४ औं संस्करणमा सहभागी बनेका भिम निरौलाले त्यहाँ आफ्नो प्रस्तुतिबाट सबैलाई मनोरञ्जन दिन सफल भएका छन्।

कार्यक्रमले निरौलाको प्रस्तुतिलाई आफ्नो आधिकारिक फेसबुक पेजमा छुट्टै ५ मिनेट बढीको क्लिप बनाएर पोस्ट गरेको छ।

सो पोस्टमा मानिसहरूले उनको गीतले दिने मनोरञ्जनलाई मनपराएको प्रतिक्रिया दिएको देख्न सकिन्छ। उनको यस गीतमा शोका संचालक, निर्णायक तथा उपस्थित दर्शक सबैले भरपुर मनोरञ्जन लिएको देखाइएको छ। भीमले पनि आत्मविश्वासका साथ आफ्नो प्रस्तुति पेस गरेका छन्।