काठमाडौं : अभिनेत्री अनु शाह र अभिनेता सबिन श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । यो फिल्म क्षेत्रका नलुकेको विषय हो । उनीहरुले भने प्रेम सधै लुकाउदै आएका थिए । पछिल्लो समय भने उनीहरुले प्रेम देखाउन थालेका छन् ।
अनुले सबिनसँगको भिडियो कलको तस्विर सार्वजनिक गर्दै सबिनसँगको प्रेम बाहिर ल्याएकी हुन् । लकडाउनका कारण घरमा परिवारसँग रहेकी अनुले उक्त तस्बिरका साथ सबिनलाई मिस गरेको समेत उल्लेख गरेकी छन् ।यस्तै लकडाउनको समयमा पनि अभिनेत्री अनु शाहले सामाजिक संजाल मार्फत सबिनको प्रेम बाहिर ल्याएकी छन् ।
अनु र सबिनले एकसाथ चलचित्र पनि अभिनय गरेका छन् । अनु चलचित्र भन्दा म्युजिक भिडियो देखिने अभिनेत्री हुन् भने सबिनको पनि पछिल्लो समय फिल्ममा कमी आएको छ ।