Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

नेपाली अभिनेत्री रिस्ता बस्नेतको ‘साथिया तेरे बिना’ म्यूजिक भिडियो सार्वजनिक

नेपाली अभिनेत्री रिस्ता बस्नेतको ‘साथिया तेरे बिना’ म्यूजिक भिडियो सार्वजनिक

पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टरसँग भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन् । गत फागुनमा नेपालको पोखरामा रहेको विभिन्न मनोरम दृश्यमा छायाँकन गरिएको भिडियो जी म्यूजिक कम्पनीको युटुब च्यानलबाट रिलिज भएको छ । यो भिडियोको छायांकन नेपालमै गरिएको हो । यो गीतको भिडियोमा रिस्ताको साथमा भारतीय मोडल मञ्जुल खट्टरको अभिनय छ ।

नृत्य निर्देशक कमल राईले कोरियोग्राफी गरेको यो गीतको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन छ । कञ्चनजङ्घा सिने क्रियसनको निर्माणमा तयार भएको भिडियोलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । कात्तिक कुस र ज्योतिका तङ्गीको आवाज रहेको यो गीतमा पुनित अवस्थीको संगीत, संजिव पाण्डेको शब्द छ ।