काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ का कलाकार सुवास कार्की ‘विलासे’ मा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण पुष्टी भएको हो ।
कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी अहिले घरैमा आइसुलेसनमा रहेको जानकारीमा आएको छ । विगत १०/१२ दिनदेखि आइसुलेसनमा बसिरहेका छन्। उहाँको श्रीमती पनि मेडिकल क्षेत्रकै भएका कारण अलि सहज भएको छ ।
कोरोना भाइरसको संक्रमण बढेपछि सुवासका साथीहरु भने नेपाल फर्किए । तर, सुवासले नेपाल आउने मन गरेनन् । रोग लागिहाले पनि नेपालमा भन्दा लण्डनमा राम्रो उपचार हुने सोचेर उनी त्यहीँ बसेका थिए ।
सुवास लण्डनमा करिब १ वर्ष ८ महिनादेखि सुरक्षासम्बन्धी काम गर्दै आएका छन् । उनको परिवार पनि उतै छन् । सुवासको १३ वर्षका छाेरा र एक छाेरी छिन् ।