Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

लोक गायक बिष्णु खत्रीको दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजिलाई अनुरोध:भवन बनाउदा बचेको पैसा गरिबलाइ सहयोग गर्नुहोस

लोक गायक बिष्णु खत्रीको दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजिलाई अनुरोध:भवन बनाउदा बचेको पैसा गरिबलाइ सहयोग गर्नुहोस

नेपाली लोक दोहोरी गीतको एक बृहत सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाइ लोकप्रिय गायक बिष्णु खत्रीले विपतको समयमा सहयोगमा जुट्न अनुरोध गरेका छन।कोरोनाले प्रभावित कलाकारहरुलाई यतिबेला सहयोग नगरे सस्थाको अर्थ नै नरहने भन्दै खत्रीले भवन निर्माणको लागि आएको सहयोग रकमको बाँकी रकम बिपतमा परेका कलाकारलाई सहयोग गर्न अनुरोध गरेका छन।एक सुक्को कमिसन न खाएरै भवन निर्माण गर्ने निवर्तमान अध्यक्ष बद्री पंगेनीलाई धन्यवाद दिदै बिजिलाई उक्त अनुरोध फेसबुक को स्टाटस मार्फत गरेका छन।

फेसबुकमा लेखेका छन :

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालकाे भवन निर्माणार्थ कराेडाै बजेट, नेपाल सरकार,देश बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुकाे अाफ्नाे अमुल्य खुन पसिनाले बनेकाे छ।प्रतिष्ठानकाे श्राेत अनुसार प्रिय मित्र बद्री पंगेनीकाे अगुवाईमा बनेकाे याे भवन निर्माण गर्दा केही रकम बचेकाे छ।महान कार्यकाे लागि प्रतिष्ठानकाे दुई पैसाे भ्रष्टाचार नगर्ने तपाईलाई साधुबाद।अब संस्थामा बचेकाे मेराे अनुमानमा करिब पन्ध्र बीस लाख जति रकम यतिबेला (गाँस ,बाँस, कपासमा) जाे काेराेनाेका कारण पिडित हुनुहुन्छ उहाँहरुलाई राहत स्वरुप बाँड्दा राम्रो हुन्छ।संस्था के काे लागि?कलाकार रहे संस्था रहने हाे अादर्णीय अध्यक्ष ज्यु।फेरि कलाकार अप्ठेराेमा पर्दा संस्थाकाे रकम बचाएर के हुन्छ ?सबैले कलाकारक‌ै लागि रकम छुट्याएक‌ हुन।अनि कलाकार कलयाणकारी काेषकाे कराेड केका लागि ?बरु मैले पनि केही रकम सहयाेग गर्न तयार छु लाैन अप्ठ्यारोमा परेका कलाकारहरुलाई सहयाेग गरौ अध्यक्ष ज्यु।यसाे गरे कसाे हाेला?