Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

भद्रगोलको कलाकार ‘वेलासेले लण्डनमा कोरोनालाई जित्दै घर फर्केका छन्

भद्रगोलको कलाकार ‘वेलासेले लण्डनमा कोरोनालाई जित्दै घर फर्केका छन्

काठमाडौं ।बेलायतमा विश्व महामारी कोरोनाबाट संक्रमण भएपछि उपचार गराइरहेका कलाकार सुवास कार्की ‘वेलासे’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।तैपनि पूर्णरुपमा ठिक हुन ६ हप्ता लाग्ने भएकाले उनी अस्पतालकै निगरानीमा रहनेछन् । करिव २ हप्ता अघि उनलाई कोरोना पोजेटिभ देखिएपछि उपचार गराइरहेका थिए ।

‘वेलासे’ हाँस्य टेलिसिरियल भद्रगोलमा एक समय निकै रुचाइएका पात्र हुन् । करिव २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनी अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लडिरहेका छन् । केन्द्रबिन्दुसँग कुराकानी गर्दै उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नु हुने आफन्त, साथीभाई र शुभेच्छुक सबै प्रति आभार व्यक्त गरेका छन् । ‘सबैको मायाले म ठिक हुने क्रममा छु । अस्पतालले केही समस्या परेमा तुरुन्तै आउनु भनेको छ । आजदेखि धेरै सुधार भएको छ ।’- उनले भनेका छन् ।