Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

बरिष्ठ लोक गायक नारायण रायामाझि र शान्ति श्री परियारले गाएको अग्रज सर्जक रमेश बिजिको सृजनामा कालापानीको चिन्ता

बरिष्ठ लोक गायक नारायण रायामाझि र शान्ति श्री परियारले गाएको अग्रज सर्जक रमेश बिजिको सृजनामा कालापानीको चिन्ता

वरिष्ठ सङ्गीतकार तथा गायक नारायण रायमाझी र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा भरखरै राष्ट्रिय भावको गीत आमा तिम्रो छाती सार्वजनिक भएको छ ।आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो अत्यन्तै हृदयस्पर्शी भाव बोकेको यो गीत समसामयिक र यथार्थपरक गीतकारका रुपमा प्रसिद्धि कमाएका सर्जक रमेश बी. जी. ले रचना गरेका हुन् । पटक पटक नेपाली भूमि अतिक्रमण गर्दै आएको छिमेकी मुलुक भारतले सुदूरपश्चिमको ठूलो नेपाली भू-भाग लिपुलेक र कालापानी क*ब्जा गरी सडक निर्माण गरेपछि त्यसको विरुद्धमा लेखिएको गीत हो आमा तिम्रो छाती ।

गीतमा भारतीय विस्तारवादी चरित्रलाई उदाङ्गो पारिएको छ भने लिपुलेक र कालापानी बाहेक पनि अरु धेरै नेपाली भू-भाग भारतले अलिअलि गर्दै कब्जा गरिसकेको कुरा उल्लेख गरिएको छ | गीतले भन्छ – गौरवशाली इतिहास बोकेका अमरसिंह र बलभद्रका सन्तान हामी गोर्खाली, पराईले आफ्नै छातीमा परेड खेल्दा किन चुप बसिरहेका छौं ? माटोको लागि बरू मरौं अत्याचार सहेर नबसौं । नारायण रायमाझी र शान्तिश्रीको सुमधुर स्वरले धेरै नेपालीहरुको सुतेको स्वाभिमान पुन: जागृत गराउने अनुमान गर्न सकिन्छ ।

गीतमा नारायण रायमाझीकै सङ्गीत रहेको छ भने सङ्गीत संयोजन बी. बी. अनुरागीले गरेका हुन् । यसैगरी तेजेन्द्र गुरुङको रेकर्डिङ र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको यस गीतमा हेमन्त कान्छाले सारङ्गी र रत्न बि. क. ले बाँसुरी बजाएका छन् । Reema Entertainment Nepal नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो भिडियो मिराज अर्यालको छयाङ्कन र सम्पादनमा तयार भएको हो । अपलोड भएको २४ घण्टा पनि पूरा नहुँदै यो समाचार लेखिरहँदाको समयमा गीतको भिडियो लगभग ७३ हजार पटक हेरिएको छ ।

म्युजिक डायरीबाट साभार

भिडियो हेर्नुहोस :