Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

देशको सिमा मिच्दा चुपो लागेर बस्ने नेतालाई लोक गायक तथा सर्जक खेम सेन्चुरीको खबरदारी

देशको सिमा मिच्दा चुपो लागेर बस्ने नेतालाई लोक गायक तथा सर्जक खेम सेन्चुरीको खबरदारी

काठमाडौं । चिनको बुहानबाट फैलिएर विश्वमा आक्रान्त मच्चाईरहेको कोरोना भाइरसका कारण यतिबेला विश्वनै त्रास र डरमा छ । कोरोना भाईरसको संक्रमणबाट विश्वभर अहिलेसम्म ३ लाख बढिको मृत्यु भैसकेको छ । यो समाचार तयार पार्दासम्म २७८ जनामा संक्रमण देखिईसकेको छ ।

अहिलेसम्म संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् । कोरोनाको महामारीलाई रोक्न अहिले विश्वका अधिकांश देश लकडाउन छन् नेपालमापनि यहि चैत्र ११ गतेबाट लकडाउन निरन्तर छ यसले गर्दा जवजिवन प्रभावित बनेको छ ।

यतिबेला नेपाल कोरोनासंग लडिरहेको बेला छिमेकी मुलुक भारतले वैशाख २६ गते धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म पुग्ने लिंक रोडको उद्घाटन गर्‍यो। सो बाटोमा नेपाली भूमि लिपुलेक कालापानी पनि समेट्यो ।

भारतले नेपालको स्वीकृति बिनै भूमि मिचेर बाटो बनाएपछि त्यसको विरोध जारी छ । सरकारले कूटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताएको छ । तर सकारको प्रयास पर्याप्त नभएको भन्दै आलोचना भइरहेको छ।

यहि सन्दर्भमा लोक तथा दोहोरी गायक खेम सेन्चुरीको आवाजमा ‘कोरोना र छिमेकी अनि मेरो देश’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । कोरोनाले देशलाई पारेको प्रभाव, दुख अफ्ठेरोमा परेकालाई सरकारले हेर्नपर्यो आफ्नो भुमि फिर्ता लिनपर्यो यस्तै भाव बोकेको गीतमा । ए नेता ज्यु केहि बोल, केहि यो आपतबिपतमा भनेर आग्रह गरिएको छ ।

लिरिकल भिडियोसहित सार्वजनिक गरिएको उक्त गीतमा गायक स्वयम् सेन्चुरीको संगीत रहेको छ भने नेत्र अर्यालको शब्द रहेको छ । गीत शुभारम्भ डिजिटल म्युजिकको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।