Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

नेपाली गायक दिवेश पोखेरल अमेरिकन आइडलमा उपजेवितामै सिमित

नेपाली गायक दिवेश पोखेरल अमेरिकन आइडलमा उपजेवितामै सिमित

काठमाडौं- नेपाली गायक दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको १८ औं संस्करणको उपविजेता बन्न सफल भएका छन्।आइडलको उपाधि भने गायिका जस्ट स्यामले जितिन्। भोटको आधारमा स्याम विजयी भएकी हुन्।

उत्कृष्ट २० बाट अघि बढेका दिवेशले उत्कृष्ट ७ सम्म आइपुग्दा निर्णायकहरुबाट निकै प्रशंसा बटुलेका थिए। अन्तिममा भोटका आधारमा उनी उपविजेता सीमित भएका हुन्।निर्णायक लियोनल रिचीले दिवेशलाई बब मार्लीसँग दाँजेका थिए। अर्का निर्णायक लुक ब्रायनले त दिवेशले अमेरिकन आइडलमा अहिलेसम्मकै स्टार हुन सक्ने भविष्यवाणी गरेका थिए। अमेरिकाको कन्सास राज्यको विचिटा सहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका हुन्।