Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

समिक्षा अधिकारी र नरेश खातीले आवाज दिएको "माया मारेर’ चर्चामा

समिक्षा अधिकारी र नरेश खातीले आवाज दिएको "माया मारेर’ चर्चामा

स्मृती घर्ती मगर, प्युठान । लोकगायक तथा सर्जक नरेश खातीको “माया मारेर” बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ।

कोरोना कहरको बिच सार्वजनिक गरिएको गीतमा नरेश खाती र समिक्षा अधिकारीले आवाज दिएका छन। माया प्रेममा आधारित रहि तयार पारिएको सो गीतमा शब्द र लय पनि स्वयं गायक नरेश खातीले नै दिएका छन।

खातीकै निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा नरेश खाती, समिक्षा अधिकारी, कमल ढुङ्गाना, रुपेश आले मगर, जेम थापा र बल बहादुरले अभिनय गरेका छन। भने भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन।

यसअघि खातीले सार्बजनिक गरेको “मेरि छोरी” बोलको गीतले पनि निकै राम्रो सफलता पाएको थियो। “मेरि छोरी” बोलको गीतले लोकप्रियता पाएसङ्गै उनले यो नयाँ गीत आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेको बताए। निकै मेहनतका साथ यो गीत तयार पारेको भन्दै आफ्नो यो नयाँ गीत “माया मारेर” ले पनि दर्शक, श्रोताको माया पाउने गायक खातीको बिश्वास छ।

हेर्नुहोस गीतको भिडियो