महानायक राजेश हमालको आज (जेठ २७ गते) जन्मदिन हो । २६ वर्ष अगाडी युग देखि युगसम्म बाट नेपाली फिल्म खेल्न सुरु गरेका महानायकको जन्म ९, जुन, १९६४ पाल्पा, तानसेन विकिपिडियामा उल्लेख छ । यसर्थ महानायक राजेश हमाल यस सालदेखि ५६ वर्षमा लागेका छन् ।
महानायक राजेश हमाल नेपाली फिल्म क्षेत्रमा सम्भवतः लामो समयसम्म सक्रिय रहेका नायक हुन् । राजेश हमालले दुई सय भन्दा बढी फिल्महरुमा अभिनय गरेका छन् । उनलाई दर्शकले ‘राजेश दाइ’, ‘शंकर’ र ‘महानायक’ जस्ता उपनामले सम्बोधन गर्छन् । राजेश दाई सम्बन्धी थुप्रै जोक्स बन्ने गर्छन् जुन जोक्सलाई लिएर उनी आफु पनि रमाउँछन् ।
जेश हमालले ६ वर्ष अगाडी प्रेमिका मधु भट्टराईसँग विवाह गरे । विवाह पश्चात् पिता कहिले बन्ने प्रश्नको सामना राजेश हमालले गर्दै आइरहेका छन् । यस प्रकारको प्रश्नमा प्रयास जारी छ भन्ने हमालको उत्तर चर्चित छ । प्रयास कहिलेसम्म जारी रहला त ?
नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाललाई जन्मदिनको शुभकामना !